Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा बृद्द दम्पतिको हत्या, हत्यारा पत्ता लागेन

Published on 6:42:00 PM //


गगनशिला खड्का
गुल्मीको हस्तीचौर गाविसमा २ जनाको हत्या भएको छ । हस्तीचौर गाविस ६ निवासी ७६ वर्षका भविलाल विक र उनकी श्रीमति ७४ वर्षकी सेती विकको हत्या भएको हो । आफ्नै घरभित्र उनीहरुको शव भेटीएको अस्थाई प्रहरी चौकी धनार्जीले जनाएको छ । भविलालले धामीझाँक्रीको काम समेत गर्ने भएकोले विहानै छिमेकीहरु उनीकहाँ जाँदा घर बाहीरबाट ढोका लगाएको र झ्यालबाट भित्र हेर्दा पल्टीएका बुढाबुढी देखेपछि प्रहरीलाई खवर गरेको स्थानिय गणेश बहादुर सारुले बताउनुभयो । घरको चुलो वरीपरी ति श्रीमान श्रीमतिको शव पल्टीरहेको अबस्थामा भेटीएको र टाउकोमा गम्भिर चोटपटक भेटीएको प्रहरीले जनाएको छ ।
हत्या किन र कसले गर्‍यो भन्ने बारेमा अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी नायव उपरीक्षक राजकुमार बैदवार नेतृत्वको टोली घटनास्थलतर्फ जाँदै गरेको र घटनाको विषयमा थप अनुसन्धान पछि मात्र विस्तृत विवरण आउने प्रहरी ईन्स्पेक्टर राजु शर्माले बताउनुभयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग