Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अन्धो प्रेम: आफ्नै छोरी भन्दा कान्छो केटोसंग पांच सन्तानकी आमा पोइल गएपछि

Published on 8:38:00 AM //

राम केसी, चौतारा, वैशाख २१
सिन्धुपाल्चोकको साँगाचोक गाविस–८ की ४० वर्षीया विमला पराजुलीले आफ्नी छोरीभन्दा पनि कम उमेरका फुल्पिङडाँडा गाविस–१ निवासी १७ वर्षीय रविन विकसँग दोस्रो विवाह गरेकी छिन ।‘प्रेम अन्धो हुन्छ’ भन्ने उक्तिलाई चरितार्थ पार्दै आफ्नी छोरीको भन्दा कम उमेरका एक दलित युवकसँग दोब्बरभन्दा बढी उमेरकी एक ब्राह्मण महिलाले परिवार त्यागेर हालै दोस्रो विवाह गरेकी छिन् ।

तीन छोरी र दुई छोराकी आमा भइसकेकी विमलाको १८ वर्षीया छोरी कक्षा १२ मा अध्ययनरत छिन् भने कान्छो छोराको उमेर ७ वर्षको छ । उनी हरिप्रसाद पराजुलीसँग २२ वर्षअघि वैवाहिक सम्बन्धमा बाँधिएकि थिइन् ।

उनका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्षदेखि कतारमा छन् । सानै उमेरदेखि चुलबुले स्वाभावकी विमलालाई एकाङ्की जीवन बिताउन कठिन भएपछि मोबाइलबाट जथाभावी मिसकल गर्न थालेकी थिइन् ।

उनको मिसकल संयोगले रविनको मोबाइलमा पुगेपछि प्रेमको सुरुआत भएको दुवैले स्वीकारेका छन् । गएको मङ्सिरदेखि सुरु भएको मोबाइल प्रेमपछि विमला घर परिवार नै त्यागेर सधैँका लागि विकसँग गएकी हुन् ।
आपसमा प्रत्यक्ष देखादेख नभए पनि मोबाइलकै माध्यमबाट पहिलोपटक फागुन ५ गते दोलालघाटमा भेट भएपछि दुवैले एक–अर्कालाई स्वीकार गरेका थिए । त्यसपछि दुवैले राजधानी गएर विवाह गरेका थिए । दुई महिनादेखि दुवै जना काठमाडौं बस्दै आएका छन् । विवाहित भएपछि विमलाले आफ्नो नाम समेत रविना विक राखेकी छिन ।
कक्षा ८ मात्र अध्ययन गरी डकर्मी काम गर्दै आएका विकलाई बिमला विवाहित भन्ने त थाहा थियो तर उनका पाँच छोराछोरी भइसकेको कुरा भने पछि मात्रै थाहा भएको बताए ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा सञ्चारकर्मीसमक्ष बिकले भने- ‘आफूभन्दा दोब्बर उमेरकी भए पनि घर परिवार त्यागेर आइहालिन्, अब जीवन भर राम्रोसँग पालन पोषण गर्छु ।’ आफूभन्दा सानो जातको भए पनि कुनै पछुतो नभएको बताउँदै रविना बनेकी विमलाले भनिन- ‘पहिलो श्रीमान्ले राम्रो व्यवहार नगरेको कारण दोस्रो विवाह गरेकी हुँ, मलाई कुनै पछुतो छैन ।’

पहिलो श्रीमान्ले नराम्रो व्यवहार गरिएको भनिए पनि यथार्थमा यौन कुण्ठाका कारण उनले दोस्रो विवाह गरेको प्रहरीको ठम्याइ छ ।

श्रीमती अर्कैसँग गएको थाहा पाई घरको विचल्ली भएको सम्झेर हरिप्रसाद कतारबाट हतारिँदै घर फर्किएका छन् । हरिकै उजुरीका आधारमा दुवैलाई झिकाई आवश्यक छानबिन गर्दा केटा र केटी दुवैको पूरै राजीखुशी भएको पाइएपछि नियमानुसार वैवाहिकसम्बन्ध कायम गरी पठाएको प्रहरी निरीक्षक सुजन राजभण्डारीले बताए । रासस

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग