Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

फुटवलमा नेताहरुले जिते कर्माचारीलाई, व्याडमिन्टनमा प्रजिअको जोडी प्रथम

Published on 10:03:00 PM //


विष्णु पौडेल
गणतन्त्र दिवसका अवसरमा गुल्मी सदरमुकाम तम्घासमा भएको राजनितीक दल र कर्मचारी विचको मैत्रीपुर्ण फुटवल प्रतियोगितामा राजनितीक दलको टोली विजयी भएको छ । प्रतियोगिताको दोस्रो हाफ पछि राजनितिक दलका तर्फवाट खेलेका प्रकास भलामीले गरेको एक गोल नै निर्णायक गोल भएको थियो ।
यता गणतन्त्र दिवसका अवसरमा गुल्मी सदरमुकाम तम्घास खुल्ला व्याडमिन्टन प्रतियोगिता पनि सम्पन्न भएको छ । जिल्ला विकास समितीको सहयोग तथा नेपाल व्याडमिन्टन संघ गुल्मीको आयोजनामा भएको प्रतियोगितामा खुल्ला तर्फ महेश काउछा र भरत भलामीको जोडी प्रथम, श्री भलामी र लालमणि पन्थीको जोडी दोस्रो, नवराज श्रेष्ठ र टिका भलामी तथा वालसिंह काउटा र विष्णु वलालको जोडी तृतीय भएको छ । त्यस्तै खुल्ला समुह वि तर्फ वालसिंह काउटछा र राजकुमार वैदावारको जोडी प्रथम, टिका भलामी र चन्द्र वहादुर काउछाको जोडी दोस्रो, महेश काउटा र ज्ञान वहादुर भालमी तथा लालमणि पन्थी र पृतम काउटाको जोडी तेस्रो भएको छ । त्यस्तै ५० वर्ष माथिका समुहवाट श्री भालामी र अनुप श्रेष्ठ प्रथम, वालसिंह काउटा र शेर वहादुर काउछा दोस्रो तथा प्रकास भलमी र विष्णु वलाल तृतीय भएका छन् ।
त्यस्तै जुनियर तर्फ घनश्याम गौतम र शुरेश श्रेष्ठ प्रथम, विक्रम श्रेष्ठ र प्रदिप श्रेष्ठ दोस्रो, दिवस श्रेष्ठ र विजय आले तथा तारा भुसाल र श्याम केसी तृतीय भएको नेपाल व्याडमिन्टन संघका अध्यक्ष महेश काउछाले जानकारी दिनुभयो । १३ गतेवाट सुरु भएको प्रतियोगितामा ३८ टिमको सहभागिता थियो । यसैविच प्रतियोगितामा विजयी खेलाडीहरुलाई आजै प्रमाणपत्र तथा ट्रफि प्रदान गरिएको छ । समान समारोहमा प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपाल, स्थानीय विकास अधिकारी हरि प्रसाद ज्ञवालीले लगायतले प्रमाणपत्र तथा ट्रफि प्रदान गर्नुभएको थियो । समापन समारोह व्याडमिन्टन संघका अध्यक्ष महेश काउछाको अध्यक्षता तथा सचिव भरत भलामीको सञ्चालमा सम्पन्न भएको थियो ।
प्रतियागिता सम्पन्न गर्न गुल्मी यातायाता व्यवसायी संघले पनि सहयो ग गरेको थियो । यसैविच आजै राजनितीक दल र कर्मचारीविच पनि मैत्रीपुर्ण व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । कर्मचारीको तर्फवाट प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपाल र स्थानीय विकास अधिकारी हरि ज्ञवालीको जोडी तथा राजनितिक दलको तर्फवाट एमाले अध्यक्ष वोम वहादुर खड्का र राप्रपा सभापति भरत वहादुर चन्दको जोडि विच भएको प्रतियोगितामा प्रमुख जिल्ला अधिकारी नेपालको जोडी विजयी भएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग