गुल्मीमा अहिलेसम्मकै बढी गर्मी
Published on
12:15:00 PM //
सीता भण्डारी
गुल्मी जेठ ३१, गुल्मीमा अहिलेसम्मकै अध्यधिक गर्मी भएको छ । केही दिनयता पानी नपरेपछि गुल्मीमा अहिले सम्मकै गर्मी भएको हो । गर्मी अत्याधिक बढेपछी यहाँको जनजिवन समेत अस्तब्यस्त बनेको छ । गर्मीका कारण बजारमा मानिसहरुको चहल पहलमा समेत कमी आएको छ । मानिसहरु अत्यावश्यक काम बाहेक दिउसोमा कोही पनि घर भन्दा बाहिर निस्केका छैनन भने पसलहरु सुनसान देखिन्छन । केही दिन यता गर्मी बढे पछि सरकारी कार्यलयहरुमा आउने सेवाग्रहीको सख्या पनि घटेको सरकारी कार्यलयहरुले जनाएका छन । बिहान ११ बजेपछि साझँ ५ बजेसम्म सदरमुकाम तम्घासका सडकहरुमा चहलपहल नै देखिदैन । गर्मीका कारण होटल तथा रेष्टुरेन्टहरुमा चिसो पर्दाथ पिउनेहरुको सख्या भने ह्वातै बढेको छ ।

गर्मीका कारण जिल्ला अस्पतालमा आउने बिरामीहरुको सङ्ख्या पनि बढेको जिल्ला अस्पताल तम्घासले जनाएको छ । जिल्ला अस्पताल तम्घासमा गर्मीकै कारण आउने बिरामीहरु अधिकाशं रहेको अस्पताले जानकारी दिएको छ । जिल्ला अस्पताल तम्घासमा आउने बिरामीहरुमा खास गरि भाईरल ज्वरो, टाईफाइड, जन्डिस देखिएको छ यस्तो समस्या भनेको गर्मीका कारण नै बढी हुन्छ जिल्ला अस्पताल तम्घासका प्रमुख डाक्टर हरि बहादुर के.सी.भने ।