जिल्लावासीसँग माफी मागे पुर्व सभाषद वरालले
Published on
11:15:00 AM //
पि.एम.मगर
गुल्मी, ३० जेष्ठ। गुल्मी क्षेत्र नम्बर १ का पुर्व सभाषद सुर्दशन बरालले राजनैतिक सहमतिको वातावरण तैयार नगरेसम्म मुलुकले निकास पाउन नसक्ने वताउनुभएको छ। संविधानसभाको विघटनसँगै राजनै
तिक सहमति पनि विग्रिरहेको अहिलेको अवस्थामा राजनीतिक दलहरुविच राष्ट्रिय सहमति वाहेक अन्य कुनै पनि विकल्प नभएको दावी गर्नुभयो। पुर्व सभाषद वरालले मुलुकको निकासका लागि माओवादी वाधक नभएको वताउँदै त्यसका लागि प्रधानमन्त्री डा. वावुराम भट्टराई राजीनामा दिन समेत तैयार रहेको वताउनुभयो। साथै उहाँले मिसन पुरा नहुँदै संविधानसभा भङ्ग भएको र संविधान जारी हुन नसकेको प्रति गुल्मीवासीसंग क्षमा माग्दै आगामी दिनहरुमा सधैभरि नै गुल्मीवासीको हितका पक्षमा आफु उभिरहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो। रेडियो रेसुङ्गाका कार्यक्रम रेसुङ्गा टक टाईममा कुराकानी गर्दै उहाँले यस्तो प्रतिवद्धता जनाउनुभएको हो।
नेपाली कांग्रेस, एमाले लगायतका दलहरुतर्फ इंकित गर्दै माओवादी मगरात राज्य समिति सचिवालय सदस्य समेत रहनुभएका पुर्व सभाषद वरालले पुराना राजनैतिक शक्तिहरुले जनताले उठाएका अग्रगामी रुपान्तरणका एजेण्डाहरुलाई स्वीकार गर्न नसकेका कारण सबिंधान जारी हुन नसकेको आरोप लगाउनुभयो। त्यसैगरी उहाँले कसका कारणले सबिंधान जारी हुन नसकेको हो भन्ने कुरा जनताले राम्रोसँग बुझ्न र आगामी सबिंधानसभा चुनावमा फैसला गर्न आग्रह समेत गर्नुभयो। सबिंधानसभाको असामायिक अवसान भएको यो दुखाद परिस्थितिमा असंबैधानिक बाटोमा देश धकेलिएकाले आरोप प्रत्यारोपमा नलागी दलहरु तत्काल आम सहमतिका लागि जुट्नुपर्नेमा जोड दिनुभयो । मंसिर ७ गतेको निर्वाचन संवैधानिक र कानुन सम्मत भएको दावी गर्दै यदी राजनैतिक दलहरुविच सहमति भए निर्वाचन सफल हुने वताउनुभयो।
