सहमतिका साथ अगाडी नवढे माओवादीको राजसंस्थाकै हालत हुन्छः पुर्व मन्त्री विष्ट
Published on
11:14:00 AM //
पि.एम.मगर
गुल्मी, ३० जेष्ठ। पुर्ब उर्जा मन्त्री एबंम एमाले नेता गोकर्ण बिष्टले माओबादीले जातजातिलाई आपसमा भिडाइ नया संबिधानमा अबरोध सृजना गरेर संबिधान बन्न नसकेको बताउनु भएको छ। जसरी सयौँ बर्ष सम्म राज गरेको राजतन्त्रलाई नेपाली जनताले समाप्त गरे त्यसै गरि माओबादीले पनि सहमती नगरी अगाडी बढेमा माओबादीको पनि राजसंस्थाको जस्तै हालत हुने चेतावनी दिनुभयो । अहिलेको समयमा एकआपसमा दोषारोपण भन्दा देशलाई अनिर्णयको बन्दी हुनवाट मुक्त पार्न सबै दल सहमतीमा आउनुपर्नेमा उहाले जोड दिनुभयो । गुल्मी जिल्लाको हस्तिचौर वाड नं. ९ मा पर्ने जनज्योति निमाबिको २० औ बार्षिकोत्वसको समापन कार्यक्रम लागि गुल्मी आउनु भएका पुर्ब मन्त्री बिष्टले यस्तो कुरा बताउनु भएको हो ।
पुर्ब मन्त्री बिष्टले अन्तरिम संबिधानमै नया संबिधानको चुनाबको ब्याबस्था नभएकोले मंसिर ७ मा संबिधानसभाको चुनाब नहुने उहाको तर्क छ । पुर्ब मन्त्री बिष्टले संबिधानसभामा सहमती भएका बिषयलाई लिएर नया संबिधान जारी गरी बाकी बिबादित बिषयमा पछि छलफल गरि टुङ्गाउने सवालमा पनि माओबादी सहमत नभएकोले देशमा ठुलो समस्या आएको उहाको भनाइ छ। यति बेला दल दलमा आरोप प्रत्यारोप लगाएरा संबिधान सभा भङ्ग भएको हो भनेर जुनसुकै दल पन्छिन खोजे पनि सबै दल दोषी भएकोले आगामी दिनमा सबै दल जुन मार्ग निर्देशन अनुसार चल्नु पर्ने हो त्यहि अनुसार नचलेकोले अव सबै दलले बेलैमा समिक्षा गर्नुपर्ने बताउनुभएको छ।

संञ्चालनमा सम्पन्न भएको थियो।