अनेरास्ववियू गुल्मीमा नयाँ नेतृत्व
Published on
1:44:00 AM //
पि.एम.मगर
गुल्मी, असार ९, गुल्मीको सदरमुकाम तमघासमा शुक्रबारदेखि सुरु भएको अनेरास्ववियू गुल्मीको २२ औ जिल्ला सम्मेलन नयाँ नेतृत्व चयन गर्दै शनिबार सकिएको छ।
सम्मेलनले सर्वसम्मत रुपमा ओम काकीको अध्यक्षतामा २५ सदस्यिय नयाँ नेतृत्व चयन गरेको हो। अनेरास्ववियु जिल्ला कमिटिको उपाध्यक्षमा वसन्त ढकाल, सचिव राजेन्द्र विक्रम कुँवर, सहसचिवमा शोभाखर गिरी र कोषाध्यक्षमा लक्ष्मी थापा लगायत अन्य सदस्य रहेका छन् । ‘शिक्षा, स्वास्थ्य र रोजगार हाम्रो मौलिक अधिकार, संमृद्ध नेपालका लागि प्राविधिक र व्यवहारिक शिक्षा हाम्रो आधार’ भन्ने मुल नाराका साथ शुरु भएको सम्मेलनको अनेरास्ववियूका पुर्व केन्द्रीय अध्यक्ष तथा नेकपा एमाले लुम्विनी अञ्चल कमिटी सचिव खिमलाल भट्टराईले शुक्रबर उद्घाटन गरेका हुन् ।
