खोलाले वगाउँदा दिदिको मृत्यु, भाई घाईते
Published on
12:00:00 AM //
अपडेट गुल्मी
(प्युठान) प्युठानको लिवाङ्गमा खोलाले वगाउँदा एक वालिकाको मृत्यु भएको छ । लिवाङ्ग गाविस वडा नम्वर ५ कसेरी निवासी कालु खड्काकी १२ वर्षीय छोरी केसरी खड्काको मृत्यु भएको स्थानीय संगित केसीले जानकारी दिनुभयो । दिउसो भएको अत्याधिक वर्षापछि घर नजिकैको जलि खोलामा आएको वाढि हेर्न गएकी खड्कालाई खोलाले वगाएको थियो । केसरी संगै गएका उनका भाई अन्दाजी ७ वर्षीय भरत खड्का पनि घाईते भएका छन् । उनीहरु दुवै जनालाई खोलाले वगाएको थियो । भाई केही तल गएर वाँच्न सफल भएपनि केसरीको मृत्यु भएको हो । उनीहरु दुवैजना भृकुटी मावि लिवाङ्गका विद्यार्थी हुन् ।