विद्युत प्राधिकरणले एम पावर प्रणाली द्वरा सेवा दिन शुरु
Published on
9:13:00 PM //
पि.एम.मगर
गुल्मी, असार ५, नेपाल विद्युत प्राधिकरण जिल्ला शाखा गुल्मीले मंगलबारबाट एम पावर प्रणालीबाट ग्राहकहरुलाई सेवा प्रदान गर्न शुरु गरेको छ।
यो प्रणाली लागु भएपछि ग्राहकहरुको विद्युत महशुलको विल काट्न तथा दर्ता गर्न सजिलो हुने प्राधिकरणले जनाएको छ। यस भन्दा पहिले एक जना ग्राहकको विद्युत महसुल वुझ्ने कार्य गर्न १० मिनेट जति समय लाग्ने ठाउँमा एम पावर प्रणाली लागु भएपछि ३ मिनेटमै काम सम्पन्न हुने विद्युत प्राधिकरण जिल्ला शाखाका प्रमुख इन्जिनियर नवलकिशोर गोईतले जानकारी दिए।
