Published on
11:51:00 AM
//
३ असार, काठमाण्डौं । राष्ट्रपति डा. रामवरण यादवले दलहरुलाई राष्ट्रिय सद्भाव कायम गर्न आग्रह गर्नु भएको छ । राष्ट्रपतीले विघटित संविधानसभामा रहेका २५ दलका शीर्ष नेताहरुसँग आइतबार गर्नुभएको भेटमा मुलुकमा सद्भाव खलवलिने खतरा बढेको भन्दै राष्ट्रिय सद्भाव कायम गर्न आग्रह गर्नु भएको हो ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh4cNu4KBT0smnIDkEEkNk8KfU-FAg5470WBzLmIQwpgal6BOPBIXfTiebPbJYFKZZaKCzvD-L-iqH_-Dgx5_1VOsNjJbaA83WVFDh2duYgV0ggqAIBsPt5_WTX_pjLhhFRfxER18XUEPGC/s200/Ram-Baran-Yadav_0.jpeg)
संविधानको संरक्षकका रुपमा आफूले दायित्व बहन गर्न सके कि सकिन भन्ने प्रश्न आफूमा पनि रहेको भन्दै उहाँले दलहरुको ध्यानाकषर्ण गराउनु भयो । संविधानसभा वेबारिसे रुपमा विघटन भएको दुःख व्यक्त गर्दै उहाँले अन्तराष्ट्रिय समुदायमा पनि देशको शेख तल झरेको भन्दै नेताहरुको ध्यानाकषर्ण गराउनु भएको छ । पछिल्लो अवस्थामा दलका शीर्ष नेताहरु एक अर्कोको आरोप प्रत्यारोपमा व्यस्त भई राजनैतिक दुरी लम्बिएकाले सहमति कायम गर्न आग्रहका साथ आज सितल निवासमा राष्ट्रपतिले चियापान कार्यक्रमको आयोजना गर्नुभएको थियो । समारोहमा दलका शीर्ष नेताहरुको सहभागीता रहेका थियो ।