छिमेकीको बाथरुममा झुन्डिएर मृत्यु
Published on
2:01:00 AM //
काठमाडौँ, असार १५ (नागरिक)- महाराजगञ्जमा एक १४ वर्षीया किशोरी छिमेकीको घरको बाथरुममा झुण्डिएर मरेको अवस्थामा फेला परेका छन्।

त्यसैगरी गोठाटार-८ स्थित गान्धी तुलसी स्मारक महागुठी अन्तर्गत तुल्सी मेयर महिला आश्रममा सिपमुलक तालिम गर्ने मुस्ताङ जिल्ला घर भएकी १९ बर्षीया अर्चना नेपाली सलको पासो लगाई झुन्डिएर मृत्यु भएको अवस्थामा फेला परेकी छन्।
यस्तै सिन्धुपाल्चोक थकनी-६ बस्ने १६ वर्षीय सुकमान तामाङ आफ्नै घरको बार्दलीमा पासो लगाई झुन्डी मृत्यु भएको अवस्थामा फेला परेका छन्।
नागरिक न्युज डट कम