गुल्मीमा मार्सल आर्ट खेल महोत्सव २०६९ सम्पन्न
Published on
1:51:00 PM //
अनिल खत्री
आर्थिक वर्ष सकिनै लाग्दा जिल्ला खेलकुद विकास समिति गुल्मीले मार्सल आर्ट खेल महोत्सव २०६९ सम्पन्न गरेको छ । उक्त महोत्सवमा सितोरियो कराँते, डव्लु.टी.एफ. र आई।टी।एफ। तेक्वान्दो खेलको प्रदर्शन गरिएको थियो । सितोरियो कराँते खेलका प्रशिक्षक उमेश थापाले दोस्रो खेलाडीको टाउकोमा राखिएको घईटोलाई आफ्नो किक प्रहारद्धारा तोड्दै त्यसमाथि शान्तिको प्रतिक परेवा उडाएर कार्यक्रमको सुरुवात गरिएको थियो । अर्का खेलाडी झवी शाक्यले आफ्नो पेटमाथि दुई वटा ढुङ्गा राखी घनले ती ढुङ्गा फोडेर शक्ति प्रदर्शन गरेका थिए । त्यस्तै अर्की खेलाडी लक्ष्मी थापाले अर्का खेलाडीद्धारा उनका शरिरमा प्रहार गरिएका लठ्ठीलाई रोक्ने कला प्रदर्शन गरेकी थिईन भने खेलाडी हरी थापा र कपिल थापाले कराँते खेलको काँटा प्रदर्शन गरेका थिए ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgegdFgz9u8sqhT049iMIH3Kg4dueS32nbfpsap7O_2sDslthJrX0k5jLJCwFIEA83V8UTOsTuV5zWfHcysJ3pWX76EG6qqtkcpAKm53T91V_6b4jbGIyS8wBlyunG9mOj-Bxuzx7-YY3GJ/s320/clip3.jpeg)
खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गोविन्दवहादुर विश्वकर्मा र उपाध्यक्ष कृष्ण भण्डारीले प्रमाणपत्र वितरण गर्दै आगामी दिनहरुमा पनि अझै थप मनोवल तथा अनुशासनका साथ खेलकूदका माध्यमवाट जिल्लाको नाम सधै उँचो राख्न प्रेरित गर्नुभएको थियो । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका सदस्य भगत थापा, सदस्य कमला जिसी, क्रान्तिकारी पत्रकार संघका जिल्ला अध्यक्ष प्रेम सुनार, प्रेस युनियनका जिल्ला सचिव पि.एम.मगर लगायतले पनि वधाई मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम डव्लु.टी.एफ. तेक्वान्दोका प्रशिक्षक दिपक के.सी.को सञ्चालनमा सम्पन्न भएको थियो ।