१२ वर्ष पछि बेवारीसे डोजर हटाईयो
Published on
12:42:00 AM //
अनिल खत्री
जिल्लामा थुप्रै सिडीओ-एलडियोहरु आए, गए कसैको ध्यान पुग्न सकेको थिएन तर यसपालिका सिडीओ-एलडीयोले भने ध्यान पु¥याएर १२ बर्षदेखि सडकमा बिग्रिएर बेवारीसे अवस्थामा रहेको डोजरलाई स्थानान्तरण गरेर ब्यस्त मोटरबाटो खाली गरेका छन ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhE2XjANR4euMPWJOBKjS2XyuNbYYzaKEXBOuz0zUNkGSni7JdNy1JEVKwr43XnjXbL1c187tWux5GKjWe1Izq5IpWCliwWy2S6-Eq0V7ft8sCi0nyAA4IHyNUxQjcR7MZOk6N6MWdJBDSZ/s400/CIMG3550.jpeg)
जनकपुर कृषी विकास कार्यालयबाट २०५८ सालतिर ल्याईएको सुन्नमा आएको छ, स्थानिय विकास अधिकारी ज्ञावलीले भने हेबी ईक्वीमेन्ट कार्यालय हेटौंडामा पत्र लेखिदैछ त्यहाँबाट पत्रको जवाफ आएपछि लिलाम बिक्री प्रकृया अगाडी बढाईनेछ । वर्षौदेखी बिच सडकमा डोजर थन्कीदा सडक साँघुरो एवं वातावरणमा समेत असर परेकोले आफूहरुको ध्यान पुग्न गएको प्रमुख जिल्ला अधिकारी कबिन्द्र नेपालले बताए ।
राणा कालिन अवस्थामा बनाईएको जिल्ला प्रशासन कार्यालय नयाँ बन्न लागेपछि प्रशासन कार्यालय सार्नका लागी तत्कालिन जिल्ला सभापती निवास मर्मत सम्भार गर्न थालिएको छ । ठाँटी पौवा जस्तो जिर्ण बन्दै गएको त्यस भवन समेत सिंगारेर चिटिक्क पारिएको छ । त्यसै भवन अगाडी थन्कीएको डोजरले समेत वषैपछि स्थानान्तरण हुने मौका पायो । स्थानियबासीलाई गत वर्षको सार्वजनिक सुनुवाइ कार्यक्रममा डोजर हटाउन माग गरेको र यस वर्षको सर्वजनिक सुनुवाइ छिट्टै गर्न लागिएकोले आफुले दिएको आश्वासन पुरा गराउन उक्त डोजर हटाइएको प्रमुख जिल्ला अधिकारी नेपालले बताए ।
बजारको बिच सडकमा पुरानो डोजर थन्किँदा बजारको सौन्दर्य बिग्रिएको र ट्राफिक समस्याका साथै वातावरणमा समेत असर परेकोले आफु आउने बित्तिकै त्यसमा ध्यान पुगेको बताउदै प्रमुख जिल्ला अधिकारी नेपालले यस कार्यमा सहयोग पु¥याउने जिल्ला विकास समिती, प्रहरी कार्यलय, बिद्युत प्राधिकरण लगायत स्थानिय समाजसेवी सबैलाइ धन्यवाद दिए । यस अघिका थुप्रै सिडिओ, एलडिओहरुलाई उक्त डोजर स्थानान्तरण गर्न यहाँका समाजसेवी, उद्योगी ब्यावसायीहरुले पटक–पटक अनुरोध गरेपनि सुनुवाई भएको थिएन । यसर्थ पनि बर्तमान सिडिओ कबिन्द्र नेपाल र एलडिओ हरीप्रसाद ज्ञवाली धन्यवादका पात्र बनेका छन । जिल्लाको वातावरण सुधारमा सिडियो कबिन्द्र नेपालको महत्वपूर्ण भुमिका रहँदै आएको छ भने सुरक्षासंगै समाज सेवामा डिएसपि राजकुमार बैदवारको अगुवाई र विकास निर्माणमा देखिएका गलत पक्षहरुको सुधारमा एलडिओ ज्ञवाली लागी परेको चर्चा गर्न थालिएको छ ।