गिती कबिता 'गुनासो'
Published on
3:37:00 AM //
"निराश बिरहि" रेशम श्रीस
हुँदा खादा सबै आफ्ना थे नहुदा पराई
घर रित्तो शुन्य झुपडी गएछन् जलाई
आफ्नासँग आफ्नै मन दुख्छ किन यति!
रमिते बनी हेर्दछन् दु:ख मा जब दुर्गती
म त नदुखे झै हाँसी दिन्थे दुखे पनि दिल्
रोप्दै हिड्थे तीर नबुझे झै सहे सारा खिल्
एक्लो थे युद्ध थियो आफ्नैले गए ढलाई
हुँदा खादा सबै आफ्ना थे नँहुदा पराई
मतलवी दुनियाँ स्वार्थी यस्ता जमातमा
मेरो के जोर चल्थ्यो जाली यो समाजमा!
भन्नेले के-के भने सम्झीसम्झी रुन्छ मन
नून चुक छरी दिन्छन् आलो घाउमा झन
शान्त थियो दिलको तलाउ गए चलाइ
हुँदा खादा सबै आफ्ना थे नँहुदा पराई