गुल्मी सेवा समाज, दोहाले दसैंमा चिट्ठा खोल्ने
Published on
12:38:00 AM //
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj_kOGUEj8Fb5G2oCemsNJy2tqM9_df9gWzSqngKiwRcV589o9A486UM4FpC2iJJbzR6V-PJn8ey7haVQ83-Sn9QV4KO-d_PwaC9uJoHT7d7LysEWLgGiFDiPSdVijW9DkNGWHJgma64xvF/s320/DSCF0375.jpeg)
गुल्मी सेवा समाज दोहा कतारको मासिक बैठक सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्री भरत सापकोटाको अध्यक्षतामा बसेको बैठकमा संस्थाका पदाधिकारीहरु लगायत कतारबासी गुल्मेलीहरुको बाक्लो उपस्थिति रहेको थियो । हरेक महिना बस्दै आएको सो बैठक यो महिना पनि गत शुक्रबार अर्थात जुलाई २० तारिखका दिनमा समपन्न भएको हो । बैठकमा आगामी दसैंको अवसर पारेर भाग्यशाली चिट्ठा कार्यक्रम सन्चालन गरीने निर्णय गरियो । त्यस्तै संस्थामा केहि समय देखि रिक्त रहदैँ आएको पदपुर्ति गर्नुका साथै विभिन्न कुरामा छलफल पनि गरिएको थियो ।