रोकी राखेको जिप नाजानी चलाउन खोज्दा ज्यान गयो
Published on
12:41:00 PM //
प्रेम सुनार
साउन ७ , गुल्मी

तम्घसको सहुटोलमा पसल समेत गर्दै आएका जिप धनी पाठक गुल्मीकै पौदी अमराइ ८ निवासी थिए । एक खुट्टाका अपाङ्ग रहेका पाठक स्वरोजगार बन्नका लागी बाल्यपनदेखि नै निकै संघर्ष गर्दै आइरहेका थिए । सुरुमा आर्ट काम सिकेका पाठक घडि रेडियो, मोवाइल मर्मत सम्म सिकेर गुजरा गर्दै आइ रहेको बेला बाबु हुकुम बहादुर पाठक संग आग्रह गरि केहि महिना अघिमात्र बैँकबाट कर्जा लिइ जिप खरिद गरेका थिए ।