अवरुद्ध सडक संचालनमा नआउँदा मानिसहरु समस्यामा
Published on
9:05:00 PM //
जनार्दन घिमिरे
गुल्मी, २४ असार । अविरल वर्षाको कारण पहिरो जाँदा शुक्रवार रातिदेखि अवरुद्ध वनेको गुल्मीको रिडी—रुद्रवेणी सडक सुचारु हुन नसक्दा त्यस क्षेत्रका हजारौं मानिसहरु यतिवेला समस्यामा परेका छन् । सडक अवरुद्ध भएको दुइदिन सम्म पनि स्थानीय प्रशासन र उपभोक्ता समितिले सडक संचालन गर्नकोलागि खासै चासो नदेखाएका कारण त्यस क्षेत्रमा मानिसहरु थप समस्यामा परेका हुन् ।

गुल्मी जिल्लामा सवै भन्दा वढी सवारी साधनहरु संचालन हुने उक्त सडक अवरुद्ध वनेपछि वुटवलवाट वामीटक्सार हुँदै वुर्तिवाङ्गसम्म आवत जावत गर्ने सम्पूर्ण सवारी साधनहरु रिडी र रुद्रवेणीमा अलपत्र परेका छन् भने यात्रुहरु भने पैदलै हिडेर गन्तव्यमा पुग्ने गरेका छन् । यसैगरी अविरल वर्षाको कारण सडक विग्रियपछि गुल्मी तम्घास सिमलटारी सडक खण्ड पनि गत तीनदिनदेखि अवरुद्ध वनेको छ । उक्त सडकहरुमा सवारी साधनहरु संचालन हुन नसक्दा सदरमुकाम आवत जावत गर्न मानिसहरु समस्यामा परेका छन् ।