पूर्व राजाको सेवा सुविधा खोस्छौं : प्रधान मन्त्री भट्टराई
Published on
12:58:00 PM //
काठमाडौँ, असार २५ - प्रधानमन्त्री बाबुराम भट्टराईले पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो हैसियत बिर्सेर गतिविधि गर्दै हिँडे सरकारले उपलब्ध गराएको सबै सेवा, सुविधा खोसुवा गर्ने बताएका छन्। आज ग्लोबल बैंकले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले जनयुद्ध र जनआन्दोलनको बलमा विस्थापित राजतन्त्रले टाउको उठाउन नसक्ने बताए।

उनले राजनीतिक दलहरुको बीचमा जति विवाद भएपनि राष्ट्रिय आवश्यकता र अप्ठ्यारोमा एक ठाउँमा आउने परम्परा रहकाले पूर्व राजाले निहुँ खोजे त्यो राम्रो नहुने बताए।
ग्लोबल बैंक, आइएमइ फाइनान्स र लर्ड बुद्ध फाइनान्सबीच एकीकरण भएर ग्लोबल आइएमइ बैँक बनेको छ।
सो अवसरमा अर्थमन्त्री वर्षमान पुनले देशको आर्थिक विकास र समृद्धिको लागि वित्तीय संस्थाहरु लाग्नुपर्नेमा जोड दिएका थिए।
तीनवटा वित्तीय संस्था मिलेर बनेको सो बैंकको कूल पुँजी रु दुई अर्ब १५ करोड रहेको छ। हाल यस बैंकको रु २० अर्ब लगानीमा रहेको छ भने रु २६ अर्ब क्रण रहेको कार्यक्रममा जानकारी गराइएको थियो। सो बैंकको देशभरि ६२ वटा शाखा रहेका छन्।- रासस