कृत्रिम लिंग प्रयोग गरि बलात्कार गर्नेलाई ११ बर्ष कैद
Published on
10:53:00 PM //
२३ असार, संखुवासभा । कृत्रिम लिङ्ग प्रयोग गरेर एक वालिकालाई बलात्कार गर्ने एक महिला र पुरुषलाई जिल्ला अदालत चैनपुरले ११ बर्ष कैद फैसला गरेको छ ।
न्यायाधीश शालिकग्राम कोइरालाको एकल इजलासले कृत्रिम लिंग प्रयोग गरेर बलात्कार गर्ने मस्यपोखरीकी २४ बषिर्या लाक्पा शेर्पा र १८ बषिर्य सागर शेर्पालाई ११/११ बर्ष कैदको फैसला गरेको हो ।
मकालुस्थित हेमान्द्री माध्यमिक विद्यालयमा अध्ययनरत १५ बर्षिया विद्यार्थीलाई उनीहरुले २०६१ फागुन २२ गते कृत्रिम लिंग प्रयोग गरि बलात्कार गरेका थिए । कपडाको लिंग बनाएर २४ बर्षिया लाक्पा शेर्पाले ती विद्यार्थीलाई बलात्कार गरेकी थिईन भने सागर पनि बलात्कारमा सहभागी थिए ।
कैदसँगै उनीहरुलाई जनही ५०/५० हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला न्याधिवक्ता कृष्णबटु भण्डारीले जानकारी दिनुभयो ।