क्यासिनोमा घर र सम्पत्ती हारेपछि निर्देशक देउजाले विष सेवन गरे
Published on
8:22:00 PM //
काठमाडौँ, साउन ९ । जुवामा घर र सम्पत्ति हारेपछि चलचित्र निर्देशक ज्ञानेन्द्र देउजाले आत्महत्याको प्रयास गरेको खुलेको छ । क्यासिनोमा सवै सम्पत्ति हारेपछि जीवनबाट हार खाएका देउजाले सोमबार अपरान्ह काठमाण्डौको गोकर्ण जंगलमा पुगेर बिष सेवन गरेका थिए । रेडबुलमा बिष मिसाएर पिएका देउजालाई स्थानीयले अचेत अवस्थामा अबस्थामा फेला पारेको थियो ।

यही सातामात्र क्यासिनोमा उनले ५० लाख रुपैयाँ क्यासिनोमा गुमाएका थिए । जुवा खेल्दा कपनमा रहेको आफु बस्ने घर नै गुमेपछि उनी तनावमा थिए । जुवाका कारण पारिवारिक तनाब बढेको र डिप्रसेसन भएका कारण उनले आत्महत्याको प्रयास गरेको हुनसक्ने बताइएको छ ।
देउजाले आत्महत्या गरेको खवर आएपछि गएरातीदेखि नै अस्पताल परिसरमा फिल्मकर्मीहरु पुगेका थिए ।
उनले निर्देशन गरेको चलचित्र मुनामदन केहि समय अघि सार्वजनिक भएको थियो भने उनले थुप्रै चलचित्र निर्देशन गरिसकेका छन्। उनिद्वारा निर्देशित फिल्म मुनामदन भर्खरै रिलिज भएको थियो। उनले यसअघि रक्षक, दागबत्ती, लवकुश, हिफाजत लगायत फिल्म निर्देशन गरेका थिए।