वि.पि. स्मृतीको उपलक्ष्यमा भोली शनिबार बृक्षारोपण गरिने
Published on
9:10:00 PM //
अनिल खत्री
श्रावण ५ , गुल्मी
३० औं वि.पि. स्मृती दिवसको अवसरमा वि.पि उद्ययान ब्यावस्थापन समिति अर्जे–गुल्मीले वि.पि उद्यान स्थल, अमलाचौरमा श्रावण ६ गते बिहान ९ बजे देखि बृक्षारोपण कार्यक्रम गर्ने भएको छ । बृक्षारोपण कार्यक्रम पश्चात २००७ साल पछिका प्रथम जननिर्वाचित प्रधानमन्त्री समेत रहेर नेपालको प्रजातान्त्रीक आन्दोलनमा योगदान पुर्याएका स्वर्गीय विश्वेश्वर प्रसाद कोईरालाको बिचार र बर्तमान सन्दर्भमा प्रजातान्त्रीक समाजवादको सान्दर्भिकता विषयक अन्तरकृया कार्यक्रमको गरिने भएको आयोजकले जनाएको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgF-K6II0uALC2hyyK1rqKhagykP1lQ24qmvNJJqlZxAahlGEm4pIFx6-5yAeBRgKmMRYhsfnjiiXsiNkv1uIQVJcH25UUNSxNmnEhoVMqeAc2qfIdyPZ-NyRVwe4Fi4-OB3U8ASKPLR1BV/s1600/images.jpeg)
साथै सोही दिन क्षेत्रीय समितिको नियमित बैठक अमलाचौरमै आयोजना गरिएको क्षेत्रीय सचिव रेखा कुमार जि.सीले बताए । वि.पि स्मृतीको दिनको अवसरमा नेपाली कांग्रेसका सबै गाउँ समितिहरुलाई कुनै न कुनै उल्लेखनिय कार्य गरि उत्सवको रुपमा मनाउन समेत सचिव जि.सीले आह्वान गरेका छन ।