बृक्षारोपण अभियान तिब्र
Published on
3:23:00 AM //
प्रेम सुनार
साउन ७ , गुल्मी
मदाने संरक्षित बन कार्यालय गुल्मीले त्यस क्षेत्रका बिभिन्न सामुदायिक बनमा बृक्षारोपण अभियानका रुपमा तिब्र पारेको छ । पछिल्लो चरण सो कार्यालयले सफेदी प्रजातीको ५ सय बिरुवा र ५ सय थान सल्लाको बिरुवा नि:शुल्क प्रदान गरि राक्से सामुदायिक बनको खाली चौरमा उपभोक्ताहरुले बृक्षारोपण गरेका छन ।
