लुम्बिनी अञ्चलका तीन जिल्लाको पाँच दिने भ्रमण सकेर पूर्व राजा काठमाडौँ फर्किए
Published on
8:40:00 PM //
बुटवल, असार २१ रुपन्देही, नवलपरासी र कपिलवस्तुका विभिन्न धार्मिक कार्यक्रममा सहभागी भई पूर्व राजा ज्ञानेन्द्र आज अपराह्न काठमाडौं फर्किएका छन्। आइतबार भैरहवा आएका पूर्व राजा ज्ञानेन्द्र अपराह्न साढे दुई बजे बुद्ध एयरको विमानबाट काठमाडौं फर्केका हुन्। पाँच दिने बसाईमा उनले यस क्षेत्रका एक दर्जन मन्दिरमा पूजाआजा गर्नुका साथै समर्थक र सर्वसाधारणलाई भेटघाट गरेका थिए।

शाहले नवलपरासी रुपन्देही र कपिलवस्तुका विभिन्न मन्दिरमा पुगी पूजाआजा गरे। भ्रमणको राम्रो प्रवन्ध गरेको भन्दै स्थानीय स्वागत समितिलाई पूर्व राजाले धन्यवाद दिएका छन्।