बस्दै आएको घर विद्यालयलाई दान
Published on
1:38:00 AM //
बद्धवीर बाहिङ
सोलखुम्बु, असार १६ । आफ्नो श्रम र पसीनाले निर्माण गरेको घर विशुद्ध समाजकै लागि भनी त्याग गरेर अन्यत्र सर्न को तयार होलान् ? तर कलियुगमा पनि यस्ता उपकारी गुणी व्यक्तिहरु भेटिदारहेछन् जसले आफ्नै श्रम र पसीनाले दुख गरी निर्माण गरेको घर समेत दान गरी आफू भने समाजले निर्माण गरेको झुप्रोमा आनन्दको सास फेर्न सहमत हुँदारहेछन् । सोलुखुम्बु गुदेल लुच्चामका जितुधन कुलुङका दम्पतीले सर्वस्व विद्यालयलाई सुम्पेर आफूहरु भने समाजले आफ्नो भाइको जग्गामा निर्माण गरिदिएको सानो झुप्रोमा दिनरात कटाउन सहमत भएका हुन् । उनका दम्पतीले ३५ वर्षदेखि बस्दै आएको दुई तले घर र जग्गा सहित श्री बासुकी प्राथमिक विद्यालयलाई दान गरेका हुन् ।
