रोचक प्रसंग: खोलामा बगेको एउटा यौन खेलौना झिक्न १८ प्रहरी
Published on
12:13:00 PM //
सुन्दा पनी अचम्म लाग्दो, जाबो एउटा हावा खुस्काईएको सेक्स डललाई पानीबाट निकाल्न १८ जना प्रहरीहरु लाग्नु पर्यो । घटना गत जुलाई ११ तारिखको हो । चिनको सानदोङ प्रान्त स्थित एक नदिमा कुनै महिला डुबेको खबर पाउन साथ तुरुन्तै स्थानिय प्रहरीको एक टोली घटनास्थल पुग्यो । नभन्दै पानीमा कुनै एक महिला डुब्नै लागेको जस्तो देखिएपछी प्रहरी टोली उनको उद्दार कार्य थाल्यो ।

ग्रामीण ईलाकाको उक्त खोलामा यौन खेलौना कसरी आयो भन्ने यकिन नभए पनि टाइम्स अफ ईन्डियाले सानदोङ क्षेत्र यौन खेलौना उत्पादनको लागि एक महत्वपूर्ण केन्द्र रहेको जनाएको छ ।