रिडी-रुद्रवेणी चार दिनपछी सुचारु
Published on
8:19:00 AM //
यो पनि पढौँ: लगातारको बर्षाले दर्जनौं सडकमा यातायात ठप्प
पि.एम.मगर
गुल्मी, २६ असार । अविरल वर्षाको कारण पहिरो जाँदा शुक्रवार रातिदेखि अवरुद्ध वनेको गुल्मीको रिडी-रुद्रवेणी सडक मंगलबर वेलुकीदेखि संचालनमा आएको छ ।
सडक उपभोक्ता समिति, प्रहरी र स्थानी प्रशासनको सहयोगमा रिडी-रुद्रवेणी सडक खण्डको पहिरो हटाएपछि उक्त सडक वेलुकी पाँच वजेदेखि पूर्ण रुपमा संचालनमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक राजकुमार वैदवारले गुल्मीन्युज डट कमलाई जानकारी दिनुभएको छ ।
