समाज
»
सामुदायिक रेडियो स्काई तेस्रो वर्ष प्रवेश
Published on
4:03:00 AM
//
घनश्याम गौतम । गुल्मी– सामुदायिक रेडियो स्काई ८८ दशमलब ४ मेगाहर्ज मंगलबार देखि तेस्रो वर्षमा प्रवेश गरेको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiniHc-xrSnZZhBy0vcU14pYBOllaU8StB567x27OuXh_WUsmcBjrXQdwIcZCjqI8AJDEJm5TawMGKOgpbf-Uzl3N-2b2GZ6-l0Oy6xCggKxoUU_u6EJnZ8HeO8puN96aK2huYxDh1Ue1w/s320/sky+fm+gulmi+.jpeg)
सामाजिक न्यायका लागि सञ्चार अभियानद्वारा संचालित रेडियोले संचालनका दुई वर्ष सफलतापूर्वक पुरा गरेको अध्यक्ष शालिकराम पन्थीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । यस क्षेत्रका १० लाख भन्दा बढी स्रोता माझ लोकप्रिय बनेको रेडियो अनलाईन मार्पmत विश्वभर सुन्न सकिने रेडियोले जनाएको छ । स्थापना देखि नै दैनिक १८ घण्टा प्रशारण हु“दै आएको रेडियोको झण्डै ८० प्रतिशत कार्यक्रम समुदायमा आधारित भएको र दोस्रो वर्ष पुरा गरेको अवसरमा समुदायमा आधारित कार्यक्रमहरु थप परिस्कृत र परिमार्जन गरिएको अध्यक्ष पन्थीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । जिल्लामा तिन व्यवसायीक रेडियो र एक सामुदायिक रेडियो संचालनमा छन् ।