भुस्याहा कुकुरले सताउन थालेपछी सहायक सिडियोलाई गुहारियो
Published on
11:01:00 AM //
जनार्दन घिमिरे
गुल्मी, २६ भदौ । आफ्नो घरवरपर भुस्याहा कुकुरहरुले सताउन थालेपछि त्यसको व्यवस्थापन गर्न महिलाहरुको एक समूहले आज जिल्ला प्रशासन कार्यालय गुल्मीलाई आग्रह गरेका छन् । सदरमुकाम तम्घास स्थित जनजागृति महिला वचत समूहको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा डेलीगेशन गएका महिलाहरुले सहायक प्रमुख जिल्ला अधिकारी वावुराम अर्यालसँग भेट गरि “कुकुरले निकै सताउन थाले सर कसरि हुन्छ तिनीहरुको व्यवस्थापन गरिदिनु पर्यो” भन्दै आग्रह गरेका थिए ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी वावुराम अर्यालले यस विषयमा यस अघि पनि छलफल भएको भन्दै तिनीहरुलाई कसरि व्यवस्थापन गर्ने भन्ने विषयमा तम्घास गाविस, उद्योग वाणिज्य संघ लगायतको सहयोगमा समाधानको उपायहरुको खोजी गरिने आश्वासन दिएका थिए । गत एक महिना अघि पनि गुल्मीको वलीथुम, हस्तिचौर, बडागाउँ लगायतका गाविसहरुमा यसैगरि भुस्याहा कुकुरहरुको आतंक वढेको थियो ।