गुल्मी सेवा समाजले दोहामा देउसी खेल्ने
Published on
2:41:00 AM //
कुमार "अविरल" पन्थी,

देउसी कार्यक्रमलाई सफल बनाउन प्रथम उपाध्यक्ष श्री बिजय बिक्रम बस्नेतको संयोजकत्वमा ५ सद्स्य संयोजक टोली गठन गरिएको छ । जस्मा सदस्य सुरेश बोहोरा, भानुभक्त सापकोटा(भरत), बुद्द पाण्डे, मिनुराम पाण्डे सहित ५ सदस्यीय संयोजक समिति र यातायात व्यस्थापनमा झबिन्द्र आचार्य, कलाकार संयोजक मिनुराम पाण्डे तथा व्यवस्थापक भानुभक्त सापकोटा (भरत) रहनु भएको छ | साथै बैठकमा अपाङ्गहरुको साझा चौतारी आशा अपाङ्ग केन्द्र तम्घास गुल्मीद्वारा गरिएको आर्थिक सहयोगको अपेक्षालाई बिसेष ध्यानमा राख्दै सो अपाङ्ग केन्द्रलाई केही आर्थिक सहयोग गर्ने निर्णय पनि गरिएको छ। सो सहयोगका लागी आर्थिक सन्कलन कार्य सुरु भईसकेको कुरा सस्थाका अध्यक्षले जानकारी गराउनु भएको छ । स्मरण रहोस सस्थाका हरेक बैठकमा नयाँ सदस्यता लिन र पुराना सदस्यहरुले आफ्नो सदस्यता नविकरण गराउन सकिने कुरा यहाँहरु माझ जानकारी गराउछौ ।