महायज्ञमा दलित महिलाहरु शोभायात्रा गर्ने
Published on
6:04:00 AM //
प्रेम सुनार
गुल्मी, १२ कार्तिक । विगतमा गरिने धार्मिक कार्यमा दलित महिलाहरुलाई सहभागि गराउन नरुचाउने परम्पराको अन्त्य गर्दै रेसुङ्गा बहुमुखी क्याम्पस तम्घासले गर्न लागेको महायज्ञको शोभायात्रामा दलित महिलाहरुलाई आम जातजाती सरह सहभागि गराउने भएको छ ।

यतिबेला यहाँको सबै समुदाय एक तन एक मनका साथ महायज्ञ सफल पार्न लागि परेका छन्, कार्यक्रम स्थल चिदीचौरले रुप बदलिसकेको छ । कार्तिक १५ देखि २२ गतेसम्म हुन गइरहेको महायज्ञको व्यवस्थापन कार्य लगभग अन्तिम चरणमा पुगेको मूल समारोह समितिका संयोजक सुरेश चन्द्र भुसालले जानकारी दिए ।