‘प्रचण्ड रेसुङ्गाको कुहिरो जस्तो हुनुभाछ’: प्रदिप ज्ञवाली
Published on
2:48:00 AM //
बिशाल भट्टराई
गुल्मी , १७ असोज । नेकपा एमाले पोलिट ब्युरो सदस्य तथा प्रचार बिभाग प्रमुख प्रदिप ज्ञवालीलले मुलुकले सहमति खोजिरहेको बेला एकिकृत माओबादी र बर्तमान सरकारले मुठभेड खोजिरहेको बताएका छन । एमाओबादी लगाएत सत्तासिन दलहरुले मुलकुको निकासको लागी सहमति खोज्नुको सट्टा उल्टै प्रतिपक्ष बिरोधी गतिबिधि संचालन गर्नुले राज्यको प्रभावकारीता घट्दै गएको उनको भनाई छ।

संबिधान सभाको बिघटन पछि नयाँ निर्वाचनमा जाने उत्तम बिकल्प भएपनि संबिधान सभा पुर्नस्थापनाको ढोका बन्द नभएको उनले बताए । माओबादीले राष्ट्रपतिलाई बिबादमा पार्न खोजेको प्रति उनले आपत्ति जनाए । राष्ट्रपति जुन पार्टिबाट आएको भएपनि अहिले सम्म राष्ट्रपतिको काम उत्तम रहेको उनले टिप्पणि गरे । राष्ट्रपतिले अध्यादेश स्विकृत नगरेपछि सत्तामा रहेका दलहरु डराएको उनले बताए ।
देशलाई राजनैतिक निकास दिलाउनको लागी राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्नेमा उनले जोड दिएका छन । एक छुट्टै प्रसंगमा एमालेमा केहि समय जनजाति नेताहरुले समस्या सिर्जना गरेको भएपनि अहिले त्यो समस्या टरेको उनले बताए । ‘नेपालमा कुनैपनि जातिय पार्टिको अस्तित्व छैन’, उनले भने ‘ हाम्रा केहि साथीले बुझेर काममा फर्किसक्नुभएको छ, अरु साथिले पनि बिस्तारै बुझ्नुहुन्छ । ’ साथै अवको निर्वाचनको लागी एमालेले ३७६ जनाको संबिधान सभा बनाउनको लागी भुमिका निर्बाह गर्ने उनले बताए । एक पटक संबिधान नबनेर देशलाई घात भएकोले अव तल्लो सदनमा ३११ र माथिल्लो सदनमा ६५ जना सदस्य हुनुपर्ने उनले बताए ।