रहेनन् पत्रकार तारा
Published on
8:22:00 PM //
काठमाडौँ, २३ असोज । पत्रकार तारा रेग्मीको आज हृदयघातका कारण २७ वर्षको उमेरमा निधन भएको छ । लैनचौरस्थित निवासमा बिहान ४ बजे हृदयघात भई चिच्याएका पत्रकार रेग्मीलाई उहाँकी बहिनी र छिमेकीले त्रिविवि शिक्षण अस्पतालमा पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
बाबु सेवकराम रेग्मी र आमा टीका रेग्मीको कोखबाट विसं २०४३ मा दाङको तुलसीपुर नगरपालिका–६ मा जन्मेका स्वर्गीय रेग्मी न्यूज २४ टेलिभिजनमा स्थापनाकालदेखि नै कार्यरत हुनुहुन्थ्यो ।
परिवारमा एक्ला छोरा पत्रकार रेग्मीका एक दिदी र दुई बहिनी हुनुहुन्छ । दिदी रेखा रेग्मी हाल राष्ट्रिय समाचार समितिको अमेरिकास्थित समाचारदाताका रुपमा कार्यरत हुनुहुन्छ ।