काम गरेर दैनिक खर्च जुटाउँदै ६० वर्ष उमेर काटेका बृद्धबृद्धाहरु
Published on
4:52:00 PM //
बिशाल भट्टराई
गुल्मी, असौज २२ । सेतै फूलेका बृद्धबृद्धाको जमघट छ । प्रायः ६० वर्ष उकालो लागेकाहरु छन । हरेकलाई कुनै न कुनै प्रकारको शारिरिक समस्या पनि छ । लाग्छ उनिहरुले स-सम्मान जिवन यापन गर्न पाउनु पर्ने हो नि अव त । घरमा पक्कै छोरा छोरी पनि होलान । २४ सै घण्टा सुत्ने र आराम गरेर समय कटाउने अवस्था हो तर तिनै बृद्धबृद्धाहरु बिहान बेलुकि आश्रमको अगेनो तातो बनाउन हात थापिरहेका छन । अझ भनौ कसैले त काम पनि गरिरहेका छन २ गास खानकै लागी ।
आफ्नै घरको अपहेलना सहन नसकेर घर छोडेका, घरबाटै निकालिएका र आफ्नै इच्छामा घर छोडेर साधना प्राप्तीमा लागेकाहरु संग बर्षौ देखि यो समस्या छ । उनिहरुको साँझ बिहान के खाने भन्ने भर हुँदैन । लुम्बिनी अञ्चलकै एक मात्र बृद्धाआश्रम गुल्मीको अस्लेवा गाविस रुद्रवेणीमा रहेको राममन्दिरमा रहेका ५५ जना बृद्धबृद्धालाई खर्च अभावमा दैनिक के खाने र के लगाउने भन्ने चिन्ता छ ।
के गर्छन त दैनिक उनिहरु?
सदरमुकाम तम्घासबाट १३ कोषको दुरीमा रहेको लुम्बिनी अञ्चलकै पुरानो र एकमात्र बृद्धाआश्रम बाहिर हेर्दा जति रमणिय र सुन्दर छ, त्यति नै दुःख र कष्टकर जिवन बिताउन बाध्य छन । खर्च अभावमा राममन्दिर आश्रममा रहेका ६० वर्ष माथिका झण्डै ४५ जना र ९० वर्ष काटेका १० जनाबृद्धबृद्धाहरु आप्mनो दैनिक गुजाराका लागि दिनहुं धागोको बत्ति काट्ने र तिनै विक्रि गरेर दैनिक जिविका चलाउँदै आएका छन् ।
आश्रमको पुर्वाधार अभावमा त्यहाँ रहेका बृद्धबृद्धाहरुका लागि नजिकै शौचालय समेत नहुँदा उनीहरु अर्को समस्यामा परेका छन् । दैनिक खाना खर्च बाहेक पानी चुहिने छाना र पाँच÷छ जनाका लागि टाढाको एउटै शौचालय प्रयोग गर्नुपर्ने बाध्याले पनि बृद्धबृद्धालाई थप समस्या भएको आश्रम व्यवस्थापन समितिका पुर्व अध्यक्ष नामदेव पाण्डे बताँछन ।
पाण्डेका अनुसार अहिलेसम्म आश्रमका लागि राज्यले सहयोग गरेको छैन् । दुई ठुला नदिको संगमस्थलमा रहेको मन्दिर बचाउनका लागि संख्यामा गनेर दिने तारजाली र तिन वर्ष देखि दैनिक गुजाराका लागि जिविसले दिन शुरु गरेको वार्षिक ५० हजार रुपैंया बाहेक अन्य केही छैन् । जिविसले दिने पैसा आश्रममा बस्ने ६० जनालाई एक वर्षका लागि १ हजार रुपैंया पनि पर्दैन ।
आश्रमका मुख्य व्यक्ति नारायणानन्द सरस्वती महाराजका अनुसार आश्रित ६० जनाको दैनिक खाना खर्च मात्र २० हजार रुपैंया भन्दा बढी छ । त्यो बाहेक बृद्धबृद्धाहरुकै आग्रहमा निःशुल्क वायरिङ्ग गरेर जडान गरिएको विद्युत प्रयोग वापत पनि ५ देखि ७ हजार रुपैंयासम्म खर्च आउने गरेको छ । तर आम्दानी भने दैनिक भेटघाट र धर्मका लागि आउनेहरुले दिने सहयोग र भक्तिनीहरुले विक्रि गर्ने गरेको धागोको बत्तिकै मात्र हो । ‘हाम्रो आम्दानी भनेको त सबै आकाशबृद्धिबाटै हो’, घर परिवार त्यागेर रुपाकोटबाट आएका नारायणानन्द सरस्वतीले भने, ‘कसैले दयाले सहयोग गरे भने त्यही नै आम्दानी हो ।’ सरकारले अहिलेसम्म कुनै सहयोग नगरेको उनले बताए ।
"आज भोली निरास मात्र लाग्छ"
आश्रममा बस्ने अधिकांशलाई आफ्नै उमेर पनि थाहा छैन् । गर्न सक्ने र जल्दोबल्दो उमेर घर परिवारकै लागि खर्चेका धेरैसंग घर परिवारको कुरा गर्दा उनीहरुको आँखाबाट आँशु बग्दछ । धेरै त कुरै गर्न मान्दैनन् । साधना प्राप्तीका लागि बस्नेहरु पनि आप्mनो घर ठेगाना भन्न मन पराउ“दैनन् । धेरैले आप्mनो नाम नै परिवर्तन गरिसकेका गरेका छन् ।
बुढेशकालको साहरा बनेको आश्रम नै समस्यामा पर्दा आफुहरुको जिवन झन कष्टकर बन्दै गएको १८ वर्ष आश्रममा बिताईसकेकी जोहाङ्गकी टोपला ढकालले गुनासो गरिन् । दुवै आँखा नदेख्ने, कान नसुन्ने र हिंडडुल गर्न पनि नसक्ने उनको उमेरले पनि ९० वर्ष नाघिसकेको छ । ‘धेरै वर्ष त बत्ति कातेर विक्रि गरेरै बिताएं’, उनले भनिन्, ‘अब त न बत्ति काट्न सक्छु, न कसैले सहयोग गर्छ ।’ आश्रम व्यवस्थापन समितिकै सहयोगमा आप्mनो जिवन धानिएको उनले बताईन ।
स्यहारसुसार गर्न नसकेपनि विहान साँझको छाक टार्ने सहज वातावरण, बस्नका लागि सुविधायुक्त बास, शौचालय, खानेपानी, बिजुली लगायतका सुविधामा ध्यान पु¥याईदिन बृद्धबृद्धाहरुले आग्रह गरेका छन् । राज्यले कम्तिमा आश्रमको दैनिक खर्च र पुर्वाधारमा सहयोग गरेमा आश्रमका बृद्धबृद्धाहरुको पालनपोषण र स्यहारसुसारमा समितिले ध्यान पु¥याउन सक्ने आश्रम व्यवस्थापन समितिका सचिव पारीश्वर ढकालले बताए । ‘बृद्धबृद्धाहरुका लागि राज्यबाट सहयोग हुनु जरुरी छ’, ढकालले भने, ‘राज्यले नै केही नगर्दा अरु कस्ले गर्ने ?’