गुल्मीमा २५ लाख बराबरको नयाँ नोट साटियो, अझै २० लाख माग
Published on
8:54:00 PM //
प्रेम सुनार
गुल्मी, कार्तिक १ । दशैंका लागि राष्ट्रिय बाणीज्य बैंक गुल्मीले हिजोसम्म २५ लाख रुपैया नयाँ नोट बाँडे पनि नपुगेर २० लाख अरु नयाँ नोट माग गरेको जनाएको छ । बैकले विभिन्न वित्तिय संस्था र आफु स्वयंले ऊक्त परिणामको नयाँ नोट बाँडेको अव नपुग देखिएकोले २० लाख अरु नोट मगाईएको शाखा प्रबन्धक झपटबहादुर रानाभाटले जानकारी दिए । उनका अनुसार २० रुपैयाँदेखि माथीका नोटको माग अलि बढेको छ ।