पोर्चुगलमा सडक दुर्घटनामा परि बुटवलका थापाको मृत्यु
Published on
11:00:00 AM //
बाबुराम भुषाल
लिस्वन । पोर्चुगलको आलुफेरा गीयामा सडक दुर्घटनामा परि एक नेपालीको मृत्यु भएको छ । लामो समयदेखि पोर्तुगलमा रहेका वेगप्रसाद थापाको मृत्यु भएको हो ।
रातमा साइकलमा रहेका ४५ बर्षीय थापालाई गाडीले हानेर भागेको स्थानीयवासीलाई उदृत गर्दै प्रहरीले जनाएको छ । उनी सडकमा मृत अवस्थामा भेटिएपछि प्रहरीले घरपरिवारमा फोन गरेर जानकारी गराएको थियो ।
बुटवल घर भई एक दशकदेखि पोर्चुगलमा रहेका थापाकी श्रीमती, करिव ३ बर्षीय छोरा, ५ बर्षीय छोरी आलुफेरामासँगै बस्दै आइरहेका थिए । घटनाबारे बुझ्न र आवश्यक सहयोगको लागि लिस्वनबाट एनआरएनसहित विभिन्न संघ सस्थाहरुको टोली घटनास्थल तर्फ गएको समाजसेवी एवं पत्रकार झलक केसीले जानकारी गराउनुभयो ।
अनलाइनखबर