माथिल्लो हुग्दिखोला जलबिद्युत परीयोजना सफल पार्न थप शेयर जारी हुने
Published on
2:40:00 AM //
काठमाडौं, मंसिर १४ । साहस हाईड्रो पावर कम्पनीले हुग्दी खोला जलविद्युत परियोजना सफल पार्न थप रकमका लागि थप शेयर जारी गर्ने भएको छ । कम्पनीको बिहिबार सम्पन्न पहिलो वार्षिक साधारण सभाले ५ मेगावाट क्षमताको हुग्दी खोला परियोजना सफल पार्न आवश्यक पर्ने रकमका लागि थप शेयर जारी गर्ने तयारी गरेको जानकारी गराइएको हो ।
