पहिले गुल्मीका ९ गाविसका सचिव, अहिले गुल्मीकै सहायक सिडियो
Published on
8:17:00 PM //
प्रेम सुनार
मंसिर ४, गुल्मी । गुल्मीका विभिन्न गाविसमा केहिदिन अघिसम्म गाविस सचिव रहेका र कहिले सिडियो त कहिले सहयाक सिडियोको त्यसै कुर्चीबाट थुराई समेत खाने उनै ब्याक्ति यतिवेला त्यसै सहयाक सिडियोको कुर्चीमा विरजमान छन् । उनि हुन गुल्मी भनभने गाविस वडा नम्वर– ५ गैराखर्क निवासी विष्णुबहादुर घर्ति । जो साहित्य क्षेत्रमा पनि कलम चलाउने भएकाले विष्णु भनभनेलीका नामले पनि चिनिन्छन् । २०६२, ०६३ को जनआन्दोलनको २ महिना अघिबाट निजामति सेवामा प्रवेश गरेका घर्ति खरदार पदमा जिल्ला हुलाक गुल्मी हुँदै २०६५ मा ना.सु. भए । त्यस क्रममा गुल्मीको मलायगिरी, दुविचौर, पौदीअमराई, हाडहाडे र पुर्कोटदह लगायत ९ वटा गाविसमा गाविस सचिव रहेका थिए ।
आफ्नो कार्यकक्षमा यस संबाददातासँग कुराकानी गर्दै घर्ती । तस्बिर: प्रेम सुनार |
ठुलो मान्छे बन्न आजकल वोर्डिङ्ग स्कुल नै पढ्नु पर्छ भन्ने मानसिकता सिर्जना गरिएको छ र यो एउटा फेशन नै बनेको छ तपाईले पनि यो सफलता बोर्डिङ्ग पढेरै पाएको हो कि गाउँको स्कुल ? भन्ने प्रश्नमा उनले भने ‘अहँ मैले भनभने कै दिपक माविमा पढेको हुँ, बोर्डिङ्गमा मात्र गुणस्तरिया शिक्षा हुन्छ भन्नु गलत हो, सामुदायिक अर्थात सरकारी स्कुलको शिक्षा पनि गुणस्तरिय छ ।’
उनले यो सफलताको श्रेय बाबु धनबहादुर घर्ति र आम जिवकुमारी घर्तिलाई दिन चाहन्छन् । ‘साधरण किसान, कुनै गतिलो आयश्रोत नभएका भएका बाबु आमाले असाध्यै दु:ख गरेर पढाउनुभयो त्यसैले यसको श्रेय उहाँहरुलाई नै दिन्छु’ उनले भने । ‘पैसाका लागि नभए पनि नामका लागि पनि मेहनत गर, उहाँहरुले भन्नु हुन्थ्यो मैले पनि त्यसै गर्दैछु’ उनले थपे । स्नातक सम्मको अध्ययन गरेका उनले भनेभनेको कला साहित्य र कृषि लगायतका बिषयमा पुस्तक पनि प्रकाशित गरिसकेका छन् । तल्लो तहबाटै काम गर्दै आउनुभयो यहाँ दलका नेता प्रशासनको मिलोमोतोमा अनियमित कार्य पनि गर्न पछि नपर्ने प्रबृत्ती छ भन्ने जन गुनासो छ तपाईले त्यो प्रबृतिको अन्त्य गर्नुहोला ? भन्ने प्रश्नमा घर्तिको छोटो उत्तर थियो ‘अबश्य’ ।
हुन त एउटा साधरण किसानका छोरा राष्ट्रपती र प्रधानमन्त्री नै भए तर घर्ति जस्तो गरिब किशानका छोराको यो सफलता पनि उनिहरुको भन्दा कम छैन भन्छन् स्थानियबासी । घर्तिले भने यो सफलतालाई सामन्यरुपमा लिएका छन् ।