गुल्मीमा सुन्तला उत्पादन वढ्यो
Published on
5:20:00 AM //
पि.एम.मगर
गुल्मी, मंसिर २८ । गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ। गत वर्ष दुई हजार ४ सय ४८ मेट्रिक टन उत्पादन भएको सुन्तला यस वर्ष भने ३ सय मेट्रिक टनले वढेर दुई हजार ७ सय मेट्रिक टन पुगेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। अन्य खेतीको तुलनामा सुन्तला खेतीवाट वढी आम्दानी भएपछि किसानहरु व्यवसायिक रुपमै सुन्तला खेतीमा लागेकाले यस वर्ष उत्पादन वढेको कार्यालयले जनाएको छ ।
