भियतनामी युवती बलात्कार आरोपमा मलेसियामा जेल परे नेपाली
Published on
3:26:00 AM //
कपिलवस्तु, पुस १, महराजगन्ज २, चमरसठका एक युवा ३ वर्षदेखि मलेसियाको कारागारमा थुनिएका छन् । छोरा फसाइएको भन्दै परिवारले चिन्ता व्यक्त गरेका छन् । ०६५ असार १६ मा मलेसिया उडेका ३२ वर्षीय बिन्देश्वरीप्रसाद कुर्मीबारे परिवारलाई खासै जानकारी छैन । एक भियतनामी महिलालाई बलात्कार गरी हत्या गरेको अभियोग लगाइएको सुनेको परिवारले बताए ।

१ लाख १० हजार ऋण खोजेर रोजगारका लागि गएका कुर्मीले १० महिनामा ७० हजार पठाएका थिए । भाइ पक्राउ परेको १८ महिनापछि श्रम तथा यातायात मन्त्रालयमा गई तथ्य पत्ता लगाई कानुनी सहयोग उपलब्ध गराइदिन अनुरोध गर्दै दाजुले निवेदन दिएका थिए । तत्काल श्रमले परराष्ट्रलाई पत्र पठाए पनि अहिलेसम्म भाइकाबारे कुनै जानकारी नमिलेको हो ।
छोरा कहिले आउँछ भनेर बाटो हेर्दाहेर्दै ४ वर्ष हुन लाग्यो तर अनेकथरि कुरा सुन्दा पीडाले मन रुने आमा तारामतिले सुनाइन् । -इकान्तिपुरबाट