नेकपा-माओबादी गुल्मीको ईन्चार्जमा कार्की
Published on
6:41:00 PM //
प्रेम सुनार
मंसिर २७ गुल्मी । नेकपा–माओबादी गुल्मीको प्रथम जिल्ला सम्मेलनले विरबहादुर कार्की (चाहल) लाई जिल्ला ईन्चार्जमा सर्वसम्मत निर्वाचित गरेको छ । सम्मेलन आयोजक समितिका संयोजक रहेका कार्कीको नेतृत्वमा सम्मेलनले १ सय १ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । त्यस्तै सह ईन्चार्जमा डिलबहादुर पुन(संजय), सेक्रेटरीमा गोविन्द बिक (आकाश) सर्वसम्मत चयन भएका छन् ।
