गुल्मीमा धुवाँविहीन भान्साघर
Published on
3:45:00 PM //
गगनशिला खड्का

ग्रामीण आर्थिक विकास संघ (रेडा) का बायोमास इनर्जी इञ्जिनियर शिवजी भुसालका अनुसार, सुधारिएको चुलोमा परम्परागत चुलोमा भन्दा ६० प्रतिशत कम दाउरा खपत हुनुका साथै खाना छिटो पाक्छ र धुवाँ कम आउँछ। गृहिणीहरूलाई सजिलो र स्वस्थकर यो चुलोले वन संरक्षणमा समेत टेवा पुर्याएको छ। जिल्लाका सहायक वन अधिकृत कर्णबहादुर पाण्डे सामुदायिक वनका उपभोक्ताले अभियानकै रूपमा सुधारिएको चुलो कार्यक्रम सञ्चालन गरेकाले वनमाथिको चाप स्वतः घटेको बताउँछन्। ग्रामीण प्रविधि प्रवर्द्धक संघ गुल्मीका अध्यक्ष तथा चुम्पले सामुदायिक वन उपभोक्ता समूहका सचिव श्याम खनाल भन्छन्, “विभिन्न सामुदायिक वनसँग समन्वय गरेर वन उपभोक्ता समितिलाई सुधारिएको चुलो बनाउने तालिम पनि चलाएका छौं।”
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. हरिबहादुर केसी सुधारिएको चुलोको बढ्दो प्रयोगका कारण जिल्लामा श्वास–प्रश्वासका रोगी घटेको बताउँछन्।