साली बलात्कार गर्ने भिनाजु पक्राउ
Published on
9:27:00 PM //
इलाम, पुस ९ । चौध बर्षिया एक वालिकालाई बलात्कार गरेको आरोपमा इलाम, पञ्चकन्या–९ का दिलबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
उनकै घरमा वस्दै आएकी सालीलाई पटक पटक जवरजस्ती करणी गरी गर्भसमेत बोकाएको भन्दै स्थानीयबासिन्दाले उजुरी दिएपछि तामाङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।
तामाङ उपर थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । पीडित वालिकालाई स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको र मंगलवार अस्पतालको रिपोर्ट आएपछि मात्रै उनको अवस्था थाह हुने इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।
बाबु आमा कोही नभएकी ती वालिका केही बर्षयता दिदी–भिनाजुकै घरमा वस्दै आएकी थिइन् ।