मलेसियामा ६५ नेपाली अलपत्र, सबै जना एउटा कोठामा
Published on
12:19:00 PM //
भुमीराज पराजुली
मलेसिया, मंसिर २३ – वैदेशिक रोजगारीका लागि गएको सोमबार मलेसिया पुगेका ६५ जना नेपाली अलपत्र परेका छन् । काठमाडौंको बानेश्वर शंखमुलमा रहेको सार्प ह्यूमन रिसर्चले एयरपोर्ट कार्गोमा काम भनी मलेशिया ल्याएको तर मलेशियाको एजेन्टले आफूहरुलाई अहिले सम्म कुनै काममा नलगाएकोले आफूहरु अलपत्र परेको हेटौडा घर भएका राजेश सापकोटाले बताए ।

यस बारेमा आफूहरुले काठमाण्डुको म्यानपावरमा कुरा गरेको र दुई चार दिनमा सबै ठिक हुन्छ नआत्तिनु भन्ने जवाफ आएको पीडितहरुले बताएका छन् । उनीहरुले म्यानपावरलाई जनही १ लाख ४० हजार रुपैयाँ बुझाएको बताएका छन् । उज्यालो नेटवर्क बाट