बाबुले आफ्नै छोरी गर्भवती बनाएपछि…
Published on
2:55:00 PM //
काभ्रे, मसिंर २१ । यहाँको कुशादेवी–९ सिमखरमा बाबुले छोरी गर्भवती बनाएका छन् । स्थानीय विद्यालयमा कक्षा ९ मा पढ्ने १८ वर्षीया छोरी गर्भवती बनाएको ८ महिनापछि मात्रै परिवारले थाहा पाएका थिए ।

भारतको कलकत्तामा काम गर्दै आएका बाबु घर आएका बखत छोरीसँग शारीरिक सम्बन्ध राखेको आठ महिनापछि मात्रै पत्नीले थाहा पाइन् । पतिको कर्तुतबारे पत्नीले आफन्तलाई खबर गरेपछि मात्रै गाउँलेले थाहा पाएका थिए । सापकोटाका दुई पत्नी छन् । जेठी पत्नीपट्टिका १८ वर्षीय छोरीसँग शारीरिक सम्बन्ध राखेर भारत गएका उनी दसैँ सकिएर तिहार मान्न आएका बेला गर्भ भएको स्विकारेका थिए । छोरी जन्मिएपछि कान्छी पत्नी विवाह गरेका सापकोटाले उनीबाट जन्मिएका दुई सन्तानसहित पत्नीलाई घरनिकाला गरेका थिए । प्यारालाइसिसको बिरामी भएपछि कान्छीमाथि कुटपिट गर्दै घरनिकाला गरेको स्थानीयले जानकारी दिए । श्रोतःसौर्य दैनिक