पढाई बाध्यता भयो, अनिवार्य बनाउँ
Published on
4:06:00 PM //
भरत पाण्डेय

जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत हरीलाल अर्यालले पढ्न र विद्यालय जान नपरेमा खुसी हुने वातावरण अहिलेपनि कायम भएकोले यसलाई हटाउनुपर्ने बतउनुभयो । उहाँले ससाना विद्यार्थी अहिलेपनि विद्यालयमा छुट्दी हुँदा वा नेपाल बन्द हुँदा खुसी हुने तर विद्यालय जानुपर्दा बोझ लाग्ने वातावरण भएकोले अध्ययन बोझको विषय बनाईएको बताउनुभयो । शिक्षक कर्मचारी, अविभावक र विद्यार्थी सबै मिलेर पढाईलाई खेल खेलेजस्तै मनोरन्जनको रुपमा लिन सक्ने वातावरण बनाउनुपर्ने बताउनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी गौरव पन्थीले पढ्दा अल्छी लाग्ने बानी त्याग्नुपर्ने बताउनुभयो । उहाँले मन लागेको बेला अध्ययन गर्ने तर बाध्यतामा पढ्न नहुने बताउनुभयो । सफलताका लागी पढाईलाई बाध्यताका रुपमा नलिएर अध्ययन गर्दा खुसीहुनसक्ने वातावरण बताउनुपर्ने उनीहरुको सुझाव छ । रेसुङ्गा क्याम्पसका पुर्व क्याम्पस प्रमुख प्राध्यापक दीन पन्थीले बोझ र बाध्यताको रुपमा अध्ययनलाई लिएर सफल हुन नसकिने बताउनुभयो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी गोविन्द्रप्रसाद अर्यालले शैक्षिक तैयारी कोर्ष सञ्चालनका लागि जिल्ला शिक्षा कार्यालयमा अनुमति लिनुपर्ने वताउनुभयो ।