बिदेश जान ठीक्क परेका युवा "अपहरित"?
Published on
4:54:00 PM //
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj-JDnNf1IKpsKG8Sg2dN7_h7u94cgkX2C8Rln2OSWC27jn1PvFNSh6Xj37LrEww9KNMNweACGmZ2ch2yrJIAl0t5kSo8WlF8uuY-Al0deqRLsazUV2qfrMJKU716Ijvu7BWZJFf4YivUw/s320/Sudip-Koirala.jpeg)
पाल्पा, पुस २७, कोठामा सुतिरहेका एक युवक तीनदिनदेखि बेपत्ता छन्। परिवारले उनको अपहरण भएको बताएका छन् । तानसेन नगरपालिका–११ प्रभासका २५ बर्षीय सुदिप कोइराला पुस २३ गते रातीदेखि बेपत्ता भएका भन्दै परिवारले खोजी गरिदिन प्रहरीमा निवेदन दिएका छन्।
‘राती नौ बजेसम्म छोरा घरमै थियो,’ बुबा हरिदेव कोइरालाले भने ‘राति कसैले सुदिप भन्दै चिच्याएको त सुने, तर साथिहरु होलान भनेर हेक्का राखिन।’
तल्लो तलामा छोरा सुतेका थिए भने माथिल्लो तलामा बुबा–आमा सुतेका थिए। बिहान अवेरसम्म छोरा कोठाबाट ननिस्के पछि खोजि थालिएको दाजु महेशकुमार कोइरालाले बताए। उनले भाई सुतेको विस्तराबाट तन्ना र सिरानी समेत गायब भएको बताए।
प्रहरी नायव उपरिक्षक स्थानेश्वर रेग्मीले अनुसन्धान सुरु भएको बताए। ‘कोठा र बाटोमा रगत लत्पत्तिएको जस्तो देखिन्छ, ‘स्याम्पल कलेक्सन’ गरेर ल्याब परीक्षणका लागि पठाएका छौं।’ उनले घटना रहस्यमय भएको भन्दै खोजीकार्य तीब्र पारिएको बताए।
नोकरिका लागि विदेश जाने आउने गर्दै आएका सुदिप माघ महिनामा पुनः विदेश जानका लागि भिषा लगाएर बसेका थिए। उनको मोवाइल स्विच अफ छ । कसैले जवर्जस्ती उनलाइ अपहरण गरिलगेको आशंका परिवारले गरेका छन् ।