१८ घण्टा पछि नेपाल टेलीकमका सेवा सुचारु
Published on
2:53:00 PM //
अनिल खत्री
गुल्मी, पौष १८ । गुल्मी र आसपासमा क्षेत्रहरुमा अवरुद्द नेपाल टेलिकमका ल्यान्डलाइन फोन, सिडिएमए, मोबाईल सहित एडिएस एलनेट सेवा झन्डै १८ घण्टा पछी सन्चालनमा आएको छ ।
मंगलवार दिउसो ३ बजेबाट पाल्पाको रैथुम भन्ने स्थानमा रहेको टावरमा समस्या आँउदा अबरुद्ध बनेको टेलिफोन सेवा बुधवार बिहान १० बजेबाट सुचारु भएको नेपाल टेलिकम गुल्मी शाखाका प्रमुख उमानाथ पोखरेलले जानकारी दिनुभयो ।