गुल्मीमा करेसावारी निर्माण अभियान शुरु
Published on
6:09:00 PM //
बिशाल भट्टराई,
गुल्मी, फागुन १७ । करेसावारी निर्माण गरेर किसानहरुलाई आत्मनिर्भर वनाउने उद्देश्यले गुल्मीमा करेसावारी निर्माण अभियान शुरु भएको छ । आफ्नै घर वरपर खाली रहेको जग्गालाई सदुपयोग गरी करेसा वारी निर्माण मार्फत तरकारीमा किसानहरुलाई आत्मनिर्भर वनाउने उद्धेश्यले अभियान शुरु गरिएको हो । ‘स्वस्थ, सफा, हराभरा घरापरिवार, समृद्ध राष्ट्र निर्माणको आधार, घरघरमा करेसावारी सभ्य सम्पन्न नागरिक जीवनको आधार’ भन्ने नारासहित अभियान आजदेखि प्रारम्भ भएको छ ।

तालिमको नेपाली कांग्रेसका युवा नेता दामोदर भुसालले उद्घाटन गर्नुभएको छ । तालिमको उद्घाटन कार्यक्रममा जगत खत्री, नारायण कुँवर, शेरवहादुर कुँवर, रामप्रसाद पाण्डेय, हिमालय उच्च माविका अध्यक्ष वैकुण्ठ कुँवरले मन्तव्य व्य क्त गर्दै करेसावरी निर्माणले देशको कृषि क्षेत्रको उत्पादनमा पनि महत्वपुर्ण योगदान पुग्ने वताउनुभएको छ । गाविस सचिव नरवहादुर अर्यालको अध्यक्षता तथा लोकनाथ आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । तालिम सामाजिक विकास संस्था नेपाल गुल्मीको आयोजना, जिविस र हस्तिचौरको सहकार्यमा सञ्चालन भएको हो ।