गुल्मीमा तेक्वान्दो बेल्ट बितरण
Published on
9:00:00 AM //
प्रेम सुनार
त्यस्तै परीक्षामा गुल्मीबाट १ जना मात्रै खेलाडी विरेन्द्र कुँवर ब्ल्याक वेल्टको परीक्षामा उत्तीर्ण भएका छन् । उनलाई जिल्लाबाट ब्ल्याक वेल्ट दिन नमिल्ने भएकोले काठमान्डौमा सिफारिस गरिएको सो खेलका गुल्मी प्रशिक्षक नवराज खरेलले जानकारी गराए । उत्कृष्ट ह्वाइट वेल्ट लिनेमा कुमार बुढा र उपल्लो तम्घासका हेमबहादुर बस्नेत रहेका छन् । त्यस्तै ग्रिन वेल्ट तर्फ उत्कृष्ट हुनेमा श्रीजंग अधिकारी र सुर्य वि.क रहेका छन् । पछिल्लो चरण जिल्लामा तेक्वान्दो दोजाङ्ग खेल प्रति युवा युवती आकर्षित हुदै आएका छन् । यहाँका खेलाडिहरुले गतवर्ष पोखरामा सम्पन्न क्षेत्रिय र काठमान्डौमा सम्पन्न राष्ट्रिय खेल प्रतियोगितामा २ स्वर्ण सहित विभिन्न पदकहरु प्राप्त गरेर जिल्लाकै शिर उँचो पारेका थिए ।