तम्घासमा एमालेको जिल्ला अधिवेशनको बन्द सत्र जारी, नयाँ नेतृत्व चयनको लागी सहमतिको प्रयास
Published on
4:15:00 PM //
अनिल खत्री

तिन दिनसम्म चल्ने बैठकमा गुल्मीका ७९ गाविसका ४ सय ३५ प्रतिनिधि तम्घासमा रहेका छन । अधिवेशनमा केन्द्रिय सचिव विष्णु पौडेलसंगै एमाले पोलिटब्यूरो सदस्य प्रदिप ज्ञवाली, छविलाल विश्वकर्मा, केन्द्रिय सदस्य गोकर्णं विष्ट, नेत्र पन्थी, राज्य व्यवस्था समितिका पूर्व सभापति रामनाथ ढकाल, बैकल्पिक केन्द्रिय सदस्य ठाकुर गैरे, केन्द्रिय लेखा आयोग सदस्य धनेन्द्र राज घिमिरे, विष्णु पन्थी, केन्द्रिय निर्वाचन आयोग सदस्य कमलराज श्रेष्ठ, लुम्बिनी अञ्चल सचिव खिमलाल भट्टराई लगायतका केन्द्रिय नेताहरुको पनि बन्द सत्रमा सहभागि रहेको एमाले अध्यक्ष बोमबहादुर खड्काले जानकारी दिनुभयो ।
तिन दिनसम्म चलेर फागुन २१ गते समापन हुने दशौं जिल्ला अधिवेशनले आगामी तिन वर्षका लागि ५५ सदस्यीय नयाँ नेतृत्व समेत चयन गर्ने एमालेले जनाएको छ ।